निर्वाचन ०८२ : झापा–५ बाट केपी ओलीको नाम एकल सिफारिस

काठमाण्डु- एमालेले आगामी फागुनमा हुने निर्वाचनका लागि झापा- ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ । शनिबार बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारमा ओलीको एकल नाम सिफारिस गरेको हो । एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार ओलीको एकल नाम सर्वसम्मत सिफारिस भएको हो…