काठमाण्डु-बुटवल–नारायणगढ सडक खण्ड विस्तारमा भइरहेको ढिलासुस्तीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन् । प्रधानमन्त्री ओलीले रुपन्देही, नवलपरासी र नवलपुरका संघीय सांसद, विभागीय मन्त्री, प्रदेश मन्त्री, प्रदेशसभा सदस्य र तीनवटै जिल्लाका स्थानीय तहका प्रमुखहरूसँग छलफल गर्न लागेका हुन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारमा डिलासुस्ती हुँदा यात्रुले लामो सयमदेखि सास्ती पाउँदै आएका छन् ।…