काठमाण्डु- विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसँग आग्रह गरेका छन् । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपीनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले तत्काल छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् । मन्त्री साउदलाई विपीनका बुबाआमाले भने, “छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको…