राष्ट्रपति पौडेलसँग प्रतिपक्षी दलका नेताहरूको भेटवार्ता

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिपक्षी दलका नेताहरूले भेटवार्ता गरेका छन् । बुधवार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रतिपक्षी दलका नेताहरूले भेट गरेका हुन् । प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमी–कमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतलनिवासमा आएको जनाएका…