महानगर यातायातको बसमा आगलागी, अनुसन्धान गर्दै प्रहरी

काठमाण्डु – ललितपुरको सातदोबाटोमा रोकिराखेको बसमा आगलागी भएको छ । शनिबार साँझ ५ बजेतिर रोकिएको महानगर यातायातको बा४ख १०४ नम्बरको बसमा आगलागी भएको छ । आगलागी भएको केही समयमा नै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए । उनले भने, ‘आगलागी भएलगत्तै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ…