जेनजी मुभमेन्ट अलायन्सले माग्यो अख्तियारका सम्पूर्ण आयुक्तहरूको राजीनामा

काठमाण्डु – विभिन्न जेनजी समूह र व्यक्तिहरू आबद्ध भएका जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेका छन् । जेनजी मुभमेन्ट अलायन्सले एक विज्ञप्ति जारी गर्दै आयोगका प्रमुख लगायत अन्य आयुक्तको नियुक्ति प्रक्रिया निरंकुश ढङ्गले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले संसदीय सुनुवाइ बिनै गरेको भन्दै…