एमाले चुनाव : मतगणना सुरु, ३ घण्टामा परिणाम आउने

काठमाण्डु– नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना सुरु भएको छ । विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलनको काम सम्पन्न भएसँगै मतदानको मुचुल्का र प्रतिनिधिहरुको सहमतिपछि मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार बिहान ७ बजे मतदान सकिएको थियो । मतगणना सुरू भएको करिब तीन घन्टासम्म नतिजा आइसक्ने निर्वाचन आयोगले जानकारी छ । आयोगका अनुसार, सबै…