प्रधानमन्त्रीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमुुद अल्बुसैदीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा उनीहरूबीच दुई पक्षीय हित र चासोका विषयमा छलफल भएको छ । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल लगायतको उपस्थिति थियो ।