काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोष्णा गरेको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित हुने कार्यक्रम तय भएको छ ।…