एनआरएनएको टोलीको प्रधानमन्त्रीसँग भेट, पुनर्निर्माणमा सघाउने प्रतिबद्धता

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल तथा भौतिक पूर्वाधार, यातायात मन्त्री कुलमान घिसिङसँग संयुक्त रूपमा भेटवार्ता गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको भेटमा एनआरएनएको टोलीले अन्तरिम सरकारलाई बधाई तथा सफलताको  शुभकामना व्यक्त गर्दै विभिन्न विषय समेटिएको ज्ञापन पत्र पनि बुझाएको हो…