काठमाण्डु – अमेरिकी सेनाका गोप्य दस्ताबेज सार्वजनिक गरेको आरोपमा जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियन असान्ज जमानतमा रिहा भएका छन् । विकिलिक्सले मंगलबार बिहान जुलियन असान्ज बेलायतको जेलबाट जेलमुक्त भएको र आफ्नो देश प्रस्थान गरेको जनाएको छ । अमेरिकाका गोप्य दस्तावेज लिक गरेको आरोपमा आफू दोषी भएको स्वीकार गरेपछि असान्ज सोमबार राति रिहा भएका हुन् ।…