दाङमा १ जना मृत अवस्थामा फेला

दाङ – जिल्लाको गढवा गाउँपालिका–२ पचाह बस्ने ८२ वर्षीया विधेदेवी चौधरी मृत अवस्थामा फेला परेकी छन् । राप्ती नदीको बाँधमा शुक्रबार उनी मृत अवस्थामा फेला परेकी छन् । उनको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।