काठमाण्डु– भारतको हिमाञ्चल प्रदेशको सिमला जिल्लाको कोटखाई नजिक सोमबार बिहान भएको सवारी दुर्घटनामा ४ नेपालीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। मृतकमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। तीनजना मृतक एकै परिवारका भएको बताइएको…