काठमाण्डु - प्राध्यापक डा.गोविन्द केसी आजदेखि अनशन बस्ने भएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै सत्याग्रह सुरु गर्न लागेको जानकारी दिएका हुन् । डा. केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेका हुन् । डा. केसीको हालै पित्तथैलीको शल्यक्रिया गरिएको थियो ।…