अर्घाखाँची - अर्घाखाँचीमा २० रुपैयाँका निम्ति भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका–९, गोखुंगा, पात्लेगाउँमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवकले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो । मालारानी स्थायी ठेगाना भई भूमिकास्थान–१, रजिमेमा बस्दै आएका २० वर्षीय गोपाल नेपालीले गोखुंगा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेको जिल्ला…