बागलुङ - गाउँ सहरमा दसैँ छाइसकेको छ। धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ। तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभास छैन। दसैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ। ‘यसपालि दसैँ यतै बित्ने भयो’ , कास्की मादी गाउँपालिकाकी मीना दर्जीले भनिन्, ‘पैसा नभई दसैँ कसरी मनाउनु!’ पिठ्युँमा…