काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले शनिबार काठमाडौंमा आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उनले समृद्धिको नारा लगाएको सरकारले सुशासन दिन नसकेको बताएका हुन् । “सरकार विकास बजेट खर्च गर्न नसकेर सङ्घीयतालाई असफल बनाउन लागिरहेको छ”, उनले…