काठमाण्डु - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन्। मंगलबार राति ११:२० बजे सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका हुन्। बुधबार उनी 'पश्चिमी चीन अन्तराष्ट्रिय मेला'को स्वागत भोजमा सहभागी हुने कार्यतालिकामा छ । उक्त मेलाको उद्घाटन गरी दिउँसाे छेन्दुको योजना प्रदर्शनी हल…