लिस्बन - युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौंको टोली पोर्चुगल पुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त संकलन गर्न विभागको टोली बुधवार राजधानी लिस्बन पुगेको हो । विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, अवैतनिक नेपाली महावाणिज्य दूतावासका…