अब सात दिनभित्र सवारी अनुमतिपत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डु - उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् । आफूले मन्त्रालय सम्हालेको तीन महिना नाघेका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अबको आठ महिनापछि तीनदेखि सात दिनभित्र सवारी चालक अनुमतिपत्र दिने कार्ययोजना निर्माण गरिरहेको जानकारी दिए। हाल सेवाग्राहीले सवारी चालक अनुमतिपत्र…