कांग्रेसले भन्यो-लोकतन्त्रका आधारभूत स्तम्भहरूमा आगजनी हुनु गम्भीर

काठमाण्डु - नेपाली कांग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा आगजनी हुनु गम्भीर भएको बताएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार विज्ञप्ति जारी गर्दै मंगलबार मात्रै देशभर भएको क्षति १० वर्षे माओवादीद्वन्द्वको बेला भन्दा धेरै बढी भएको बताएका छन् । 'कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर…