ग्यास सिलिन्डर बिस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते,कीर्तिपुर अस्पतालमा उपचार हुँदै

काठमाण्डु - नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट भएको छ ।गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमा जलेर घाइते भएका हुन्। बुधबार राति करिब १० बजेतिर बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका भण्डारीको सचिवालयले जानकारी दिएको…