मध्यमाघसम्म हिउँ न वर्षा

पोखरा - ‘हावा मात्र चल्छ, हिउँ पर्दैन’, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने, ‘पोहोरपरार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन।’ मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन। गाउँबस्ती सुक्खा छन्। डाँडाकाँडा फुस्रा र नाङ्गा। हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ। सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ। हिउँ नपरे उवा, जौँ,…