सुर्खेत - सोह्र वर्ष अगाडिको त्यो आवाज प्रवलाल थापाको कानमा गुञ्जियो । चाडबाड सकिएसँगै खेतीबाली भित्र्याउने चटारोमा रहेका उनी खेतबारीमा गएका थिए । द्वन्द्वकालमा आइरहने बम बारुदका आवाज प्रवलालले बिर्सिएका थिए । तर कात्तिक १२ गते शनिबारको दिन बिहानै बिर्सिएको त्यो आवाज मात्रै सुनिएन, उनको घरमा रुवाबासीसमेत चल्यो । यो घटना हो, कालिकोट तिलागुफा नगरपालिका…