संसद्मा प्रधानमन्त्रीको सम्बोधन, विदेश भ्रमणबारे गराए जानकारी

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै प्रधामनन्त्री ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा सहरमा भएको सम्मेलनमा गएको र त्यहाँ आफूले गरेको…