एजेन्सी –चीनका रक्षामन्त्री जनरल वेई फेङ्गेले इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको बताएका छन् । एसियाको प्रमुख सुरक्षा बैठक सांग्रिला संवादलाई सम्बोधन गर्दै फेङ्गेले दुई महाशक्ति राष्ट्रबीचको सम्बन्ध महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने कार्य अमेरिकाको हातमा रहेको बताएका हुन् । उनले अमेरिकालाई ‘चीनलाई गाली गर्ने’ बन्द गर्न आग्रह…