भक्तपुर केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाण्डु -  काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। शनिबार बिहान २ बजेर ३७ मिनेटमा भक्तपुरको चाँगुनारायण क्षेत्र आसपास भएर ४ः७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । लामो समयपछि गएको भूकम्पको धक्काका कारण काठमाण्डौ उपत्यकाका मानिसहरु मध्यरातमा घरबाहिर निस्किन बाध्य भएका छन्।  थप विवरण आउन बाँकी छ ।