द्वन्द्वपीडितले छिट्टै न्यायको अनुभूति गर्न पाउँछन् : गृहमन्त्री

काठमाण्डु - गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततासमेत केन्द्रीत गरी आयोगको ऐन संशोधनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । ऐन संशोधनको मस्यौदा संसद्‍मा पेस भइसकेको भन्दै उनले ऐनबाट आयोग अझ सशक्त हुने बताए । आयोगको २२ औँ स्थापना दिवसको अवसरमा शुक्रबार गृहमन्त्री खाणले ऐन संशोधनसँगै आयोगको संगठनात्मक संरचनालाई छिट्टै सरकारले स्वीकृत गर्ने…