काठमाण्डु - प्रतिनिधिसभाले पूर्वसांसद् विष्णुराज आचार्यको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसांसद आचार्यको निधनमा शोक प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । नेपाली कांग्रेस पार्टीबाट २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित आचार्यको ७४ वर्षको…