चुनावका लागि आचारसंहिता निर्माण छलफलकै क्रममा छ : निर्वाचन आयोग

काठमाण्डु- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता तयार भइरहेको बताएको छ । सोमबार सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता निर्माण छलफलकै क्रममा रहेको बताएका हुन् पौडेलले भने, ‘आचारसंहिता निर्माण र छलफलकै क्रममा छ । पास भएपछि राजपत्रमा प्रकाशित हुन्छ…