हावाहुरीको कारण मधेश प्रदेशमा तीन जनाको मृत्यु

जनकपुरधाम - बिहीबार रातिदेखि आएको हावाहुरीमा परेर मधेश प्रदेशमका तीन जनाको मृत्यु भएको छ । हावाहुरीले रूख ढल्दा धनुषामा दुई बच्चा र रौतहटमा एक घर खस्दा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७…