काठमाण्डु – नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको ११७ औं स्थानमा रहेको अध्ययनले देखाएको छ । भ्रष्टाचारसम्बन्धी सूचकांक निकाल्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको २०२१ को प्रतिवेदनमा नेपाल बढी भ्रष्टाचार हुने मुलुकमा समावेश भएको हो । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सूचकांकअनुसार गत वर्ष भ्रष्टाचारमा नेपालले ३३ अंक पाएको छ । कम भ्रष्टाचार हुने मुलुकको क्रमशः तथ्यांक जारी गर्दा ट्रान्सपरेन्सीले…