सरकारले आइतबार सार्वजनिक बिदा दिने

काठमाण्डु - सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पुस ४ गते पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश (धान्यपूर्णिमा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गर्दै बिदा बारे जानकारी गराएका छन् ।