सप्तरी - अविरल वर्षापछि आएको बाढीले सप्तरीमा २५ प्रतिशत धानबाली पूर्ण रूपमा नष्ट भएको छ। कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख राजेन्द्र यादवका अनुसार कुल ६८ हेक्टर जग्गामा लगाए धानखेतीमध्ये १७ हेक्टर अर्थात २५ प्रतिशत नष्ट भएको हो । धान काटेर खेतमा राखेको र ठडिएको बाली डुबानमा परेर नष्ट भएको प्रमुख यादवले बताए । उनले…