सरकारी नियुक्तिमा शैक्षिक योग्यता स्नातक, निगमका ‘विज्ञ सदस्य’ बोगटीको नियुक्ति सर्वोच्चद्धारा बदर

काठमाण्डु – सर्वोच्च अदालतले सरकारी नियुक्तिमा कम्तीमा पनि स्नातक तह र १० वर्षको कार्यानुभव भएका व्यक्तिलाई मात्र नियुक्त गर्न आदेश दिएको छ । सरकारी तथा सार्वजनिक संस्थानका पदाधिकारी नियुक्ति वा मनोनयन गर्दा सम्बन्धित विषयमा कम्तीमा स्नातक तहको शैक्षिक उपाधि हासिल गरी १० वर्षको कार्यानुभव भएका व्यक्तिलाई मात्र नियुक्त गर्न सर्वोच्चले निर्देशनात्मक आदेश दिएको हो ।…