काठमाण्डु – काठमाण्डु विश्वविद्यालयले झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनको लागि आवश्यक पर्ने सहमतिपत्र कानूनसम्मत रहेको दाबी गरेको छ । विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनले एक विज्ञप्ति जारी गर्दै हाल विद्यमान रहेको राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को अधीनमा रही आफूहरुले सहमतिपत्र प्रदान गरेको दाबी गरेकी हुन् । विश्वविद्यालयको विज्ञ सम्मिलित टोली मार्फत २०७८ वैशाख…