काठमाण्डु – नेपाली भूभाग लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार गर्ने सहमति भएको समाचारप्रति नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालको भूमिगत अखण्डता र संवैधानिक नक्साप्रति सरकार अडिग रहेको स्पष्ट पारेका छन् । नेपालको संविधानमै समावेश गरिएको आधिकारिक नक्शाअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी महाकाली…