स्वास्थ्य मन्त्रालयको चेतावनीः यही अवस्था रहे अस्पतालमा बिरामी राख्ने ठाउँसमेत हुँदैन

काठमाण्डु – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालकै दरमा कोरोना सङ्क्रमित थपिएमा अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने बताएको छ । आज मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले…