काठमाण्डु – सोमबार राष्ट्रिय ट्रमा सेन्टरले एक कार्यक्रमको आयोजना गर्यो । ट्रमा सेन्टरले ‘क’ वर्गको एम्बुलेन्स, डिएक्सए स्क्यानर र लिक्युड अक्सिजन प्लान्ट उद्द्घाटन समारोहको आयोजना गरेको थियो । उद्घाटनका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई प्रमुख अतिथिको रुपमा निम्त्याएको थियो । बिहान ११ः३० बजेका लागि बोलाइएको कार्यक्रम केही ढिला गरी सुरु भयो । ट्रमा…