काठमाण्डु – सरकारले कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै यसपटकको होली सजगताका साथ मनाउन अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले होलीमा हुल र ठूला जमघटबाट टाढा रहन आग्रह गरेको हो । ‘कोरोना संक्रमणको खतरा हुलहरुमै बढी हुन्छ, कोरोनालाई फैलिन नदिऔँ, सजगताका साथ होली मनाऔँ,’…