पोष्टबहादुर सुरुङमार्गको अध्ययन अन्तिम चरणमा पुग्यो

रिपेश दाहाल/हेटौँडा – वाग्मती प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको अध्ययन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सुरुङ निर्माणका लागि गर्नुपर्ने विभिन्न पाँचवटा सर्वे लगभग सकिएको इन्जिनीयरिङ भूगर्भशास्त्री ईश्वर दाहालले जानकारी दिए । भूगर्भीय हिसाबमा सुरुङ निर्माणका लागि उक्त क्षेत्र अत्यन्त उपयुक्त रहेको पाइएको उनको भनाइ छ । अध्ययनका क्रममा विभिन्न स्थानबाट…