डडेल्धुरा – अमरगढी नगरपालिका–६ को भालुमारेमा आज बिहान आएको पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन नगरपालिकाको स्काभेटर भालुमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार मोटरसाइकल, जिप, कारलगायतका साना सवारी साधन चलिरहे पनि बस र ट्रकलगायतका ठूला सवारीसाधन रोकिएका छन् । लगातारको…