काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा कार्यालयमा उठेको राजश्व सरकारी खातामा जम्मा नगरी दुरुपयोग गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका –४ सुर्खेतमा कार्यरत दुई कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । करार सेवाअन्तर्गत प्रशासन सहायक रत्नबहादुर विकले राजश्व रकम सरकारी खातामा जम्मा नगरेको भन्ने सूचनाका आधारमा गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको…