कोरोना महामारीका सन्दर्भमा नेपालमा पाँच महिना व्यवसाय ठप्प जस्तै भयो । गत चैतदेखि करिब पाँच महिना बन्दाबन्दी भएपछि व्यवसायीहरुको उठिबास नै लागेको छ । लामो समय व्यवसाय बन्द हुँदा व्यवसायीलाई घरभाडा तिर्न समस्या भएको छ । घरभाडा तिर्न नसकेर व्यवसाय बन्द गर्न थालेका व्यवसायीको राहतका लागि बागलुङ उद्योग वाणिज्य सङ्घले सक्रियता देखाएको छ । सङ्घले…