काठमाण्डु – नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । सोमबार दिउँसो कपिलवस्तुमा मृत्यु भएका पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्वजिल्ला उपाध्यक्षसमेत हुन् । उनको मृत्युपछि सोमबार साँझ कोरोना पोजेटिभ रिपोर्ट आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । उनका दुई छोराहरूमा यसअघि नै…