ललितपुर - ललितपुरमा चक्रपथ क्षेत्रभित्र शुक्रबारका लागि कर्फ्यु आदेश जारी भएकोे छ । पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो । रथयात्रालाई लिएर बिहीबार पुल्चोकमा दिनभर तनाव भएपछि महानगरपालिका चक्रपथभित्र…