काठमाण्डुको कुलेश्वर, नयाँ वस्ती क्षेत्र १५ दिनका लागि सिल

काठमाण्डु – काठमाण्डु महानगरपालिका–१४ स्थित कुलेश्वर, नयाँ वस्ती क्षेत्र सिल गरिएको छ । ३५ जना भन्दा बढीमा कोरोना भाइरसका संक्रमित भेटिएपछि अत्यावश्यक बाहेकका अन्य पसल र गतिविधिहरु १५ दिनका लागि बन्द गरिएको हो । काठमाण्डु महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै वडा नम्बर १४ का अधिकांश पसल १५ दिनका लागि बन्द गरिएको जानकारी दिएको हो ।…