काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन् । मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले वर्तमान सरकार नसुध्रिए आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न भने सक्ने बताएका हुन् । उनले राप्रपालाई कमजोर नठान्न पनि चेतावनी दिदैं भने ‘भृकुटीमण्डपमा आन्दोलन गर्दा ढल्ने…