सांसद जबरालाई पक्राउ गरिएकोबारे संसद् सचिवालयलाई जानकारी

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद धवलशम्शेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएकोबारे काठमाण्डु जिल्ला प्रहरी परिसरले संसद् सचिवालयलाई जानकारी गराएको छ । नेपालको संविधानको धारा (१०३) को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले…