काठमाडौं - कोरोना भाइरस कोभिड १९ का कारण रोजगारी गुमाएर विदेशमा धेरै नेपाली अलपत्र अवस्थामा रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विमान चार्टर गरेर भए पनि उनीहरुलाई स्वदेश फर्काउन आग्रह गरेको छ । अध्यक्ष कमल थापा, पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले विज्ञप्ति जारी गरी नेपाल–भारत सिमानासम्म आइपुगेका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरी देशभित्र ल्याउन पनि…